ADVERTISEMENT

जुम्लामा युद्धकालीन बम विस्फोट हुँदा दुई जना घाइते

सुर्खेत । जुम्लाको हिमा गाउँपालिका–ओदीमा युद्धकालीन बम विस्फोट हुँदा दुई जना घाइते भएका छन्।

 

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालका अनुसार घाइतेमध्ये एक जनाको अवस्था सामान्य छ भने १४ वर्षीय बालक गम्भीर घाइते भएका छन्।

 

गम्भीर घाइते बालकलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार