काठमाडौँ । बाढी र पहिरो प्रभावित नेपालमा सहयोग पुर्याउन भारतले थप राहत सामग्री र जनशक्ति पठाएको छ। भारतीय विदेशमन्त्री डा. एस. जयशंकरका अनुसार नेपालका लागि भारतको पाँचौँ राहत विमान प्रस्थान गरेको हो।
विमानमा ११ सदस्यीय विशेष उद्धार टोली, खोज तथा उद्धारमा प्रयोग हुने अत्याधुनिक उपकरण र ५.५ टन अत्यावश्यक औषधि पठाइएको छ। बाढी तथा पहिरो प्रभावित क्षेत्रमा उद्धार तथा स्वास्थ्यसम्बन्धी आवश्यकतालाई लक्षित गरी सामग्री पठाइएको भारतले जनाएको छ।
भारतले यसअघि पनि नेपालमा बाढी तथा पहिरो प्रभावितका लागि राहत सामग्री, खाद्यान्न र प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको छ।
सम्बन्धित खबर

