प्रतिशोधको राजनीति अन्त्य हुनुपर्छ, छिट्टै स्वदेश फर्किन्छु : देउवा


काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले मुलुकको राजनीति प्रतिशोधको भावनाबाट माथि उठ्नुपर्ने बताएका छन्। बीपी स्मृति दिवसका अवसरमा विदेशबाट जारी वक्तव्यमा उनले लोकतन्त्र, संविधानवाद र जनअधिकारप्रतिको आफ्नो प्रतिबद्धता दोहोर्याउँदै सरकारमाथि प्रतिपक्षप्रति प्रतिशोधपूर्ण राजनीति गरेको आरोप लगाए।

देउवाले स्वतन्त्र न्यायपालिका र संवैधानिक निकायहरूलाई दबाबमा राख्ने प्रयास लोकतान्त्रिक प्रणालीका लागि गम्भीर चुनौती भएको उल्लेख गरे। उनले जननायक बीपी कोइरालाको मेलमिलाप नीतिलाई स्मरण गर्दै देशलाई विभाजन होइन एकता, प्रतिशोध होइन सहकार्य आवश्यक रहेको बताए। साथै, आफू छिट्टै स्वदेश फर्किने र राष्ट्रियता, प्रजातन्त्र तथा समाजवादको रक्षाका लागि सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे।

२०८३ श्रावण ५, मंगलवार १९:१० प्रकाशित
ट्रेन्डिङ समाचार