काठमाडौं । नेपाली कांग्रेसले बीपी कोइरालाको ४४औँ स्मृति दिवसका अवसरमा जलवायु परिवर्तनबारे जनचेतना फैलाउने उद्देश्यले दौड, प्यानल छलफल र लाइभ पेन्टिङ कार्यक्रम आयोजना गर्ने भएको छ।
कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका अनुसार ६ साउन बिहान ललितपुरको यूएन पार्कदेखि जावलाखेलसम्म ५ किलोमिटर दौड प्रतियोगिता हुनेछ। त्यसपछि जावलाखेल चोकमा ‘जलवायु परिवर्तनको चुनौती, निराकरण कसरी’ विषयमा प्यानल छलफल हुनेछ। सोही क्रममा चित्रकारहरूले जलवायु परिवर्तनका चुनौती र सम्भावनालाई चित्रमार्फत प्रस्तुत गर्ने लाइभ पेन्टिङ कार्यक्रम पनि सञ्चालन गरिनेछ।
२०८३ श्रावण २, शनिबार १५:३३ प्रकाशित



