नयाँ सिक्कामा चुच्चे नक्सा हट्ने चर्चा, राष्ट्र बैंकले गरेन पुष्टि


काठमाडौं । मन्त्रिपरिषद्ले १ र २ रुपैयाँका नयाँ डिजाइनका सिक्का निष्कासन गर्न नेपाल राष्ट्र बैंकलाई स्वीकृति दिएपछि चुच्चे नक्सा हटाइने चर्चा सुरु भएको छ। स्रोतका अनुसार नयाँ सिक्कामा नेपालको नक्साको सट्टा मुस्ताङस्थित ऐतिहासिक लो घ्याकर (घार) गुम्बाको चित्र राख्ने तयारी छ।

यद्यपि नेपाल राष्ट्र बैंकले मन्त्रिपरिषद्को निर्णयको आधिकारिक विवरण प्राप्त नभएकाले नयाँ डिजाइनबारे पुष्टि गरेको छैन। राष्ट्र बैंकले डिजाइन परिवर्तन भएका सिक्काका लागि सरकारको स्वीकृति आवश्यक हुने कानुनी व्यवस्था रहेको जनाएको छ।

यस विषयलाई लिएर सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया आइरहेका छन् भने सरकारले हालसम्म नयाँ सिक्काको डिजाइनबारे औपचारिक जानकारी सार्वजनिक गरेको छैन।

प्रतिक्रिया

ट्रेन्डिङ समाचार