उच्च अदालतका ५० न्यायाधीशको एकसाथ सरुवा सिफारिस


काठमाडौं । न्याय परिषद्ले उच्च अदालतका ५० जना न्यायाधीशको एकसाथ सरुवाका लागि सिफारिस गरेको छ। बिहीबार बसेको परिषद् बैठकले विभिन्न उच्च अदालत तथा इजलासमा न्यायाधीशहरूको सरुवा गर्ने निर्णय गरेको हो।

परिषद्का अनुसार न्यायाधीश यमुना भट्टराईलाई उच्च अदालत पोखरा (बागलुङ इजलास), विपुल न्यौपानेलाई तुलसीपुर (बुटवल इजलास), नातिबाबु लामिछानेलाई विराटनगर (इलाम इजलास), सुदर्शनदेव भट्टलाई सुर्खेत, जनक पाण्डेलाई पाटन (हेटौँडा इजलास) र ध्रुवराज नन्दलाई उच्च अदालत पाटन सरुवा सिफारिस गरिएको छ।

यस्तै, उच्च अदालत जनकपुरमा विमल सुवेदी र सुदर्शनराज पाण्डे तथा उच्च अदालत सुर्खेतमा दीपेन्द्र अधिकारीलगायत अन्य न्यायाधीशको पनि सरुवा सिफारिस गरिएको न्याय परिषद्ले जनाएको छ।

हेर्नुहोस् सूची

https://drive.google.com/file/d/1fRnJa4VVtlUNOiXvRocPhcLJ7Bv6zosH/view?usp=sharing

 

२०८३ असार ३२, बिहीबार १९:०९ प्रकाशित
ट्रेन्डिङ समाचार