काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सार्वजनिक यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार व्यवसायीसँग मिलेर अघि बढ्ने बताएका छन्।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघसँगको भेटमा उनले दुर्घटनामा घाइतेको उपचार सहज बनाउन सरकारी अस्पतालमा ट्रमा सेन्टर विस्तार गर्ने र आवश्यक कानुनी व्यवस्था मिलाउने जानकारी दिए।
व्यवसायीहरूले ट्राफिक व्यवस्थापन, बीमा क्षतिपूर्ति र उपचार खर्चका विषयमा देखिएका समस्या समाधान गर्न सरकारसँग आग्रह गरेका थिए।
२०८३ असार २७, शनिबार १३:१६ प्रकाशित



