काठमाडौँ । उपचारका क्रममा मृत्यु भएका गणेश नेपालीको घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै संयुक्त विद्यार्थी संगठनले शुक्रबार माइतीघर मण्डलामा प्रदर्शन गरेको छ।
प्रदर्शनका क्रममा ‘गणेश नेपालीको हत्यारा बालेन सरकार हो’ लगायतका नाराबाजी गरिएको थियो।
प्रहरी र प्रदर्शनकारीबीच केहीबेर धकेलाधकेलसमेत भएको थियो। संगठनले पीडित परिवारलाई न्याय र उचित क्षतिपूर्तिको व्यवस्था गर्न पनि माग गरेको छ।