‘घाँटी सुक्नेगरी’ शब्द रेकर्डबाट हटाउन सांसद शर्माको माग


काठमाडौं । नेकपा सांसद गोपाल शर्माले गृहमन्त्री सुधन गुरुङले संसद्मा प्रयोग गरेको ‘घाँटी सुक्नेगरी’ भन्ने अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग गरेका छन्।

शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै गृहमन्त्री गुरुङले मुगुका २५ वर्षीय गणेश नेपालीको घटनाबारे उठेका प्रश्नको जवाफ दिने क्रममा ‘यहाँ घाँटी सुक्नेगरी कराउनेहरू को–को अस्पताल पुग्नुभएको थियो?’ भन्ने टिप्पणी गरेका थिए।

उक्त अभिव्यक्तिप्रति आपत्ति जनाउँदै सांसद शर्माले यसलाई सांसद र संसद्को अपमान भएको बताए। उनले सरकारलाई जवाफदेही बनाउन संसद्मा प्रश्न उठाउनु सांसदको दायित्व भएकाले यस्तो टिप्पणी स्वीकार्य नभएको उल्लेख गर्दै उक्त शब्द संसद्को अभिलेखबाट हटाउन सभामुखसँग माग गरे।

२०८३ असार २६, शुक्रबार १७:०१ प्रकाशित
ट्रेन्डिङ समाचार