गणेश नेपाली प्रकरण र सुकुमबासी विस्थापनविरुद्ध विद्यार्थीको प्रदर्शन


काठमाडौं । संयुक्त विद्यार्थी संगठनले सुकुमबासी विस्थापन र मुगुका गणेश नेपालीको आत्मदाह घटनाको विरोध गर्दै काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ।

काठमाडौं महानगरपालिकाले पार्किङ निषेधित क्षेत्रमा मोटरसाइकल राखेको भन्दै ह्विल लक गरेपछि असन्तुष्ट बनेका नेपालीले त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका थिए। उपचारका क्रममा उनको निधन भएपछि घटनाको छानबिन र न्यायको माग गर्दै विद्यार्थीहरू आन्दोलनमा उत्रिएका हुन्।

प्रदर्शनमा विद्यार्थीहरूले राज्यले गरिब, श्रमजीवी र सुकुमबासीप्रति संवेदनशील हुनुपर्ने माग गर्दै बिना विकल्प गरिने विस्थापन रोक्न आग्रह गरे। उनीहरूले गणेश नेपालीको घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कारबाही, पीडित परिवारलाई क्षतिपूर्ति तथा अव्यवहारिक जरिवाना प्रणाली सुधार गर्न सरकारसँग माग गरेका छन्।

२०८३ असार २६, शुक्रबार १६:३४ प्रकाशित
ट्रेन्डिङ समाचार