गणेश नेपालीको मृत्युले सरकारमाथि प्रश्न, रास्वपा नेताकै आलोचना
काठमाडौँ । त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाह प्रयास गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको छ। शरीरको करिब ५५ प्रतिशत भाग जलेका नेपालीको शुक्रबार निधन भएको हो।
घटनापछि सरकारको चौतर्फी आलोचना भइरहेको छ। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा नेताहरूले पनि घटनाको निष्पक्ष छानबिन, जिम्मेवारी निर्धारण र यस्ता घटना दोहोरिन नदिन राज्यले मानवीय तथा प्रभावकारी नीति अपनाउनुपर्ने बताएका छन्। उनीहरूले आत्मदाहजस्तो घटना समाज र राज्यको गम्भीर असफलताको संकेत भएको उल्लेख गर्दै नागरिकको जीवन सुरक्षित बनाउन सरकार संवेदनशील हुनुपर्नेमा जोड दिएका छन्।