काठमाडौं । राहदानी विभागअगाडि आत्मदाहको प्रयास गरेका मुगुका गणेश नेपालीलाई अस्पताल लैजाँदा प्रहरीले अपनाएको शैलीप्रति राष्ट्रिय सभा सदस्यहरूले आपत्ति जनाएका छन्।
शुक्रबारको राष्ट्रिय सभा बैठकमा सांसदहरूले गम्भीर घाइते नागरिकलाई तत्काल उद्धार गर्नुपर्नेमा प्रहरीले पक्राउ गर्ने शैलीमा व्यवहार गरेको आरोप लगाए। उनीहरूले आत्मदाह रोक्ने प्रयासदेखि घाइतेको उद्धारसम्म प्रहरीको भूमिकामाथि प्रश्न उठाएका हुन्।
सांसदहरूले आगोले जलेका नेपालीलाई मानवीय संवेदनशीलतासहित अस्पताल पुर्याउनुपर्नेमा घिसारेर लगिएको भन्दै छानबिन र दोषीमाथि कारबाहीको माग गरेका छन्।
राष्ट्रिय सभा सदस्यहरूले घटनाको मूल कारणसँगै संकट व्यवस्थापनमा राज्य संयन्त्रको भूमिकाबारे गम्भीर समीक्षा गर्नुपर्ने बताएका छन्।
२०८३ असार २६, शुक्रबार १६:०५ प्रकाशित



