काठमाडौं । राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले प्रतिनिधि सभामा गृहमन्त्री सुधन गुरुङको कार्यशैलीको आलोचना गर्दै उनलाई “गृहमन्त्री हो कि कन्टेन्ट क्रियटर?” भन्दै प्रश्न उठाएका छन्।
गणेश नेपालीको मृत्यु प्रकरणमा समयमै प्रभावकारी उपचारको व्यवस्था नगरी प्रचारमुखी गतिविधिमा केन्द्रित भएको आरोप लगाउँदै उनले जनताको जीवन रक्षा सरकारको पहिलो प्राथमिकता हुनुपर्ने बताए। साथै, सरकारले करको भार बढाएर जनतालाई थप दुःख दिएको आरोपसमेत लगाउँदै जनताको पीडा सम्बोधन गर्न सरकारलाई आग्रह गरे।