संविधान संशोधन कार्यदलबाट एमालेले प्रतिनिधि फिर्ता बोलायो
काठमाडौँ । नेकपा एमालेले संविधान संशोधन बहसपत्र कार्यदलबाट आफ्नो प्रतिनिधि डा. भीष्म अधिकारीलाई फिर्ता बोलाएको छ। महासचिव शङ्कर पोखरेलले कार्यदल संयोजक असिम शाहलाई पत्र पठाउँदै सरकारको भूमिका स्पष्ट नभएको र कार्यदलको कार्यप्रक्रियाप्रति गम्भीर असन्तुष्टि जनाउँदै प्रतिनिधि फिर्ता बोलाइएको जानकारी दिएका हुन्।
एमालेले संविधान संशोधनका विषय स्पष्ट नभएको, वर्तमान संविधानका आधारभूत संरचनाप्रति सरकारको धारणा अस्पष्ट रहेको तथा बहसमा आएका केही विषय सङ्घीय लोकतान्त्रिक गणतन्त्रको भावना विपरीत देखिएको आरोप लगाएको छ। पार्टीले सरकारसँग स्पष्ट जवाफ मागे पनि सुनुवाइ नभएकाले प्रतिनिधि फिर्ता बोलाउने निर्णय गरिएको जनाएको छ।