राप्रपाको प्रश्न: प्रधानमन्त्रीले संसद् कि महाधिवेशनमा दिने जवाफ?


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रधानमन्त्रीको अभिव्यक्तिबारे सदनमा उठेका प्रश्नको जवाफ संसद्मै दिनुपर्ने भन्दै सरकारको आलोचना गरेको छ। प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसद खुस्बु ओलीले प्रधानमन्त्रीले संसद्को सट्टा पार्टीको महाधिवेशनबाट स्पष्टीकरण दिएको भन्दै आपत्ति जनाइन्।

उनले राष्ट्रिय स्वाभिमान र सीमासम्बन्धी विषयमा प्रधानमन्त्रीको अभिव्यक्ति गैरजिम्मेवार रहेको आरोप लगाउँदै संसद्प्रतिको उत्तरदायित्व कमजोर पार्ने काम भएको बताइन्। साथै, राष्ट्रियताको विषयमा सत्ता पक्षका सांसदहरूको मौनताप्रति पनि उनले प्रश्न उठाइन्।

२०८३ असार २५, बिहीबार १२:०९ प्रकाशित
ट्रेन्डिङ समाचार