काठमाडौं । नेकपा एमालेकी सांसद यसुदाकुमारी बरालले सुकुमबासीप्रति सरकारले गरेको व्यवहारबारे प्रतिनिधिसभामा प्रश्न उठाएकी छन्।
बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सुकुमबासी पनि नागरिक भएकाले उनीहरूको बाँच्न पाउने अधिकार सुनिश्चित हुनुपर्ने बताइन्। २५ हजार रुपैयाँ दिएर सडकमा धकेल्ने कार्यले मानवअधिकार उल्लंघन हुन्छ कि हुँदैन भन्ने प्रश्न उनले सरकारसमक्ष राखिन्।
सांसद बरालले गरिबका आँसु महँगो हुने उल्लेख गर्दै साझा यातायातको रङ परिवर्तन गरेर देशभर सञ्चालन गर्ने सरकारी योजना कहाँ पुग्यो भन्दै सरकारको प्रचारमुखी शैलीप्रति पनि कटाक्ष गरिन्।
सम्बन्धित खबर

प्रतिक्रिया