धुवाँको संकेतपछि श्री एयरलाइन्सको जहाज भैरहवामा आकस्मिक अवतरण
काठमाडौं । काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको उडान (एसएचए २२७) मा ककपिटमा धुवाँको संकेत देखिएपछि जहाजलाई भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गराइएको छ।
विमान सुरक्षित रूपमा अवतरण भएको र सबै यात्रु सकुशल रहेको विमानस्थलका महाप्रबन्धक श्याम किशोर साहले जानकारी दिएका छन्। यात्रुहरू हाल विमानस्थलमै रहेका छन् भने कम्पनीले काठमाडौंबाट अर्को जहाज पठाएर धनगढी लैजाने तयारी गरेको जनाएको छ। जहाजमा देखिएको समस्याबारे प्राविधिक जाँचपछि थप विवरण सार्वजनिक हुने बताइएको छ।