ADVERTISEMENT

एमालेले मंसिर २ देखि राष्ट्रिय भेला गर्ने

काठमाडौं । नेकपा (एमाले) ले मंसिर २ र ३ गते काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्ने भएको छ।

पार्टीले सार्वजनिक गरेको कार्यक्रमअनुसार राष्ट्रिय भेला काठमाडौंस्थित कार्की ब्याङ्क्वेटमा हुनेछ। राष्ट्रिय भेलालगत्तै मंसिर ४ गते बिहान ११ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा स्थानीय तहका जनप्रतिनिधिहरूको राष्ट्रिय भेला आयोजना गरिनेछ।

उक्त भेलामा एमालेका तर्फबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरू सहभागी हुनेछन्। त्यसैगरी, मंसिर ५ गते पार्टी केन्द्रीय कमिटीको चौथो बैठक बस्ने एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले जानकारी दिएका छन्।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार