काठमाडौं। पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावका कारण देशका हिमाली तथा पहाडी भू-भागमा बादल लागेको छ भने तराईका केही स्थानमा तुवाँलो देखिएको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कर्णालीसहितका हिमाली क्षेत्रमा सामान्यतया बादल लागेको छ। पहाडी क्षेत्रमा आंशिक बदली रहेको छ भने अन्य भू-भागको मौसम मुख्यतया सफा रहेको छ।
महाशाखाका अनुसार सोमबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ। साथै कोशी प्रदेशका हिमाली तथा पहाडी भू-भाग र गण्डकी प्रदेशको हिमाली क्षेत्रमा एक-दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
सम्बन्धित खबर





प्रतिक्रिया