भ्रष्टाचार आरोपमा चीनका २ पूर्वरक्षामन्त्रीलाई सम्पत्ति जफतसहित मृत्युदण्ड


सच्चिने अवसर दिइने
काठमाडौं
चीनले भ्रष्टाचारको मामिलामा दुई पूर्व रक्षामन्त्री ली साङ्फु र वेई फेङ्गेलाई मृत्युदण्डको सजाय सुनाएको छ। सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार, दुवैलाई पहिले २ वर्ष जेलमा राखिनेछ र सुधारको अवसर दिइनेछ ।
यदि उनीहरूले ती दुई वर्षसम्म कुनै नयाँ अपराध गरेनन् भने सजायलाई आजीवन कारावासमा परिणत गर्न सकिनेछ। यस्तो अवस्थामा उनीहरु मृत्युदण्डबाट जोगिने छ तर जेलमा रहदा पनि कुनै अपराध गरेभने उनीहरुलाई मृत्युदयड दिइने बताइएको छ ।
ली साङ्फुलाई गत वर्ष अचानक पदबाट हटाइएको थियो, जबकि वेई फेङ्गे पनि सैन्य भ्रष्टाचार अनुसन्धानको दायरामा आएका थिए। त्यसपछि सन् २०२४ मा दुवैलाई चीनको सत्तारूढ कम्युनिस्ट पार्टीबाट निष्कासन गरिएको थियो।

विज्ञहरूका अनुसार, यो कारबाही राष्ट्रपति सी जिनपिङको भ्रष्टाचारविरोधी अभियानको हिस्सा हो। विगत केही वर्षयता चीनको सेना र रक्षासँग जोडिएका धेरै वरिष्ठ अधिकारीहरूमाथि कारबाही गरिएको जनाइएको छ ।

२०८३ बैशाख २५, शुक्रबार ११:१३ प्रकाशित
ट्रेन्डिङ समाचार