राजस्व संकलन १ खर्ब २० अर्बले बढ्यो


काठमाडौं । गत आर्थिक वर्षको तुलनामा यस वर्ष राजस्व संकलन ११.३३ प्रतिशत अर्थात् १ खर्ब २० अर्बले बढेको छ । आर्थिक वर्ष २०८१/०८२ मा ११ खर्ब ७८ अर्ब ८२ करोड रुपैयाँ बराबर राजस्व संकलन भएको हो ।

आर्थिक वर्ष २०८०/०८१ मा १० खर्ब ५८ अर्ब राजस्व संकलन भएको थियो । आर्थिक वर्ष ०८१/०८२ मा १४ खर्ब १९ अर्ब राजस्व संकलन गर्ने लक्ष्य थियो । अर्ध वार्षिक समीक्षामा संशोधन गरी १२ खर्ब ८६ अर्बको लक्ष्य तय गरिएको थियो । संशोधित लक्ष्य अनुसार ९१.६० प्रतिशत राजस्व संकलन भएको छ ।

२०८२ श्रावण १, बिहीबार १२:५६ प्रकाशित
ट्रेन्डिङ समाचार