काठमाडौँ । आर्थिक वर्ष २०८२/०८३ को पहिलो दिन सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आर्थिक वर्ष २०८१/०८२ को अन्तिम दिन अर्थात असार ३२ गतेको तुलनामा सुनको मूल्य तोलामा ३०० र चाँदीको मूल्य रु ५ रुपैयाँ बढेर कारोबार भएको हो । सुनकाे भाउ तीन सय रुपैयाँले बढेर ताेलाकाे एक लाख ९२ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुनको भाउ तोलाको एक लाख ९२ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको भाउ पनि सामान्य बढेको छ । चाँदीकाे भाउ पाँच रुपैयाँले बढेर ताेलाकाे दुई हजार दुई सय ६५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।
२०८२ श्रावण १, बिहीबार १२:४७ प्रकाशित

