काठमाडौं
- नेपाली नोटमा पहिलो हस्ताक्षर कसको रहेको छ ? – खजान्ची जनकराज पण्डित
- नोटमा हस्ताक्षर गर्ने अवसर पाउने कामु गभर्नर :- कृष्णबहादुर मानन्धर
- २०२६ सालमा पहिलो पटक एक हजार रुपैयाँको नोट निष्कासन भएको
- २०२८ सालमा पाँच सय रुपैयाँको नोट निष्कासन भएको
- हजार र पाँच सयको नोटमा पहिलो हस्ताक्षर गर्ने गर्भनर यादवप्रसाद पन्त रहेको
- ५० रुपैयाँको नोटमा पहिलो हस्ताक्षर गर्ने गर्भनर कुलशेखर शर्मा रहेको
- दुई रुपैयाँको नोटमा पहिलो हस्ताक्षर गर्ने गभर्नर कल्याणविक्रम अधिकारी रहेको
- २५० र २५ रुपैयाँ दरको नोटमा पहिलो हस्ताक्षर गर्ने गभर्नर सत्यन्द्रप्यारा श्रेष्ठ रहेको
- २०६३ असोज ६ मा नेपाल सरकार लेखिएको पहिलो पाँच रुपैयाँको नोट निष्कासन भएको
- नेपाल सरकार लेखिएको नोटमा पहिलो हस्ताक्षर तत्कालीन गभर्नर विजयनाथ भट्टराईले गरेको
- २०५२ सालमा नेपालमा दुई सय ५० को नोट निष्कासन भएको
- २०३४ सालमा ५० रुपैयाँको नोट निष्काशन भएको
- २०३८ सालबाट दुई रुपैयाँको नोट निष्काशन भएको
- नेपाली नोटमा गभर्नरका रुपमा भने पहिलो हस्ताक्षरकर्ता हिमालय शमशेर राणा रहेको
- २०१३ साल वैशाष १४ गते नेपाल राष्ट्र बैंकको स्थापना भएको
- नेपाल राष्ट्र बैंकको स्थापना हुनु अगाडी सदर मुलुकी खानाबाट नेपाली नोट निष्काशन गरिएको
- इन्ड्राइभ आइसिटी अवार्ड २०२४ उपाधि विजेता को हुन् ? – सुरेशराज शर्मा
- रम विद्रोह भन्नाले के बुझिन्छ ? – अस्ट्रेलिया सरकारविरुद्ध भएको एक मात्र सफल तथा छोटो सैन्य विद्रोह
- प्रथम खो खो विश्वकपको महिलातर्फको फाइनलमा नेपाल कुन देशसँग पराजित भएको हो ? – भारत
- मानापाथी हिमाल कुन जिल्लामा पर्दछ ? – मुस्ताङ
- ह्वाइट हाउसमा बस्ने पहिलो अमेरिकी राष्ट्रपति को हुन् ? – जोन एडम्स
- ह्वाइट हाउसमा बस्ने मौका नपाउने एकमात्र राष्ट्रपति :- जर्ज वाशिङ्टन
- २०औं संविधान संशोधनमार्फत नयाँ राष्ट्रपतिको कार्यकाल सुरु हुने मिति २० जनवरी तोकिएको
- संयुक्त राष्ट्र संघले कुन वर्षलाई अन्तर्राष्ट्रिय हिमनदी संरक्षण वर्षको रुपमा मनाउने भएको छ ? – सन् २०२५
- नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडको स्थापना कहिले भएको हो ? – १९९४ साल कार्तिक ३० गते
- बैंकमा १० जना लगानीकर्ता रहेको
- ८ लाख ४२ हजार चुक्ता पुजी रहेको
- जारी पुजी २५ लाख रहेको
- राजा त्रिभुवनले उदघाटन गरेको
- ६० प्रतिशत सरकारी र ४० प्रतिशत निजी लगानी रहेको
- बैंकको निक्षेप १७ लाख रहेको
२०८१ फाल्गुन १०, शनिबार २२:४६ प्रकाशित


