ADVERTISEMENT

सिन्धुलीमा डुबेर आमा–छोरीको ज्यान गयो

सिन्धुली । सिन्धुलीको सुनकोशी गाउँपालिका–१ आपघारीमा रहेको क्रसर उद्योगको पानी पोखरीमा डुबेर आमा–छोरीको मृत्यु भएको छ।

 

दशैँ मनाउन माइती आएकी सतीदेवी कोइराला र उनकी छोरीको बिहीबार दिउँसो पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।

 

पोखरीमा नुहाउने क्रममा बालिका डुबेपछि उनलाई बचाउन गएकी आमा सतीदेवीसमेत डुबेकी थिइन्। घटनामा दुवैको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार