काठमाडौँ । बडादसैँको टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद लिने क्रम जारी छ। विजयादशमीका दिन टीका लगाउन छुटेकाहरू आफन्तकहाँ पुगेर टीका तथा आशीर्वाद ग्रहण गरिरहेका छन्।
परम्पराअनुसार दसैँको टीका र जमरा लगाउने क्रम कोजाग्रत पूर्णिमासम्म चल्ने गर्दछ। दसैँले आफन्त तथा परिवारजनबीच भेटघाट र पुनर्मिलनको अवसर प्रदान गर्नुका साथै आपसी सद्भाव र भाइचारा बढाउने विश्वास गरिन्छ।
टीका थाप्न जानेहरूको चहलपहल बढेसँगै सडक तथा बजारमा सर्वसाधारणको आवागमन बढेको छ। यस्तै, दसैँ मनाउन सहरबाट बाहिरिएकाहरू पुनः आफ्नो गन्तव्यतर्फ फर्कन थालेका छन्।
सम्बन्धित खबर




प्रतिक्रिया