काठमाडौ । पीएचपी प्रविधिमा गम्भीर साइबर सुरक्षा जोखिम देखिएपछि सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र (एसडीओसी) ले केही सरकारी वेबसाइट तथा प्रणालीहरू अस्थायी रूपमा बन्द गरेको छ।
केन्द्रका अनुसार ‘PHP टू शेल’ नामक जोखिमले सर्भरमा अनधिकृत कोड सञ्चालन गर्न सक्ने खतरा निम्त्याएको छ। सम्भावित साइबर क्षति रोक्न जोखिमयुक्त प्रणाली बन्द गरिएको हो।
केन्द्रले सुरक्षा प्याच अपडेट, परीक्षण र प्रमाणीकरणको काम गरिरहेको जनाएको छ। सुरक्षा सुनिश्चित भएपछि बन्द गरिएका वेबसाइट तथा प्रणालीहरू चरणबद्ध रूपमा पुनः सञ्चालनमा ल्याइनेछ।
सम्बन्धित खबर




प्रतिक्रिया