काठमाडौँ । बडादसैँ मनाउन काठमाडौँ उपत्यकाबाट घर फर्किने यात्रुको सङ्ख्या बढ्दै गएको छ। घटस्थापनादेखि हालसम्म पाँच लाख ७६ हजार ५७८ जना यात्रुले उपत्यका छाडिसकेका छन्।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार ७९ हजार ६७६ वटा सवारीसाधनमार्फत यात्रु बाहिरिएका हुन्। उपत्यका छाड्नेमा दुई लाख २७ हजार ७५५ महिला र तीन लाख ४८ हजार ८२३ पुरुष रहेका छन्।
दसैँ नजिकिएसँगै नागढुङ्गा, थानकोट, फर्पिङ, साँखु र भक्तपुरलगायतका नाकामा यात्रु तथा सवारीसाधनको चाप बढेको छ। यात्रुको सुरक्षित आवागमन र दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले निगरानी बढाएको छ।
ट्राफिक प्रहरी प्रमुख सुरेशप्रसाद काफ्लेले लामो दूरीको यात्रा गर्दा सवारीसाधनको अवस्था र चालकको स्वास्थ्यमा ध्यान दिन आग्रह गरेका छन्।
सम्बन्धित खबर




प्रतिक्रिया