पेरिस । फ्रान्समा बढ्दो सामाजिक आक्रोश र राजनीतिक ध्रुवीकरणले देशको आगामी राष्ट्रपतीय निर्वाचनलाई अनिश्चित बनाएको छ। सरकारविरोधी प्रदर्शनका क्रममा लुटपाट, तोडफोड र सरकारी कार्यालयमा आगजनीका घटना भएका छन्।
जलवायु सङ्कट, इन्धनको मूल्यवृद्धि र अन्तर्राष्ट्रिय द्वन्द्वप्रति असन्तुष्ट नागरिक, ‘यल्लो भेस्ट’ आन्दोलनका सदस्य तथा विद्यार्थीहरू प्रदर्शनमा सहभागी भएका छन्।
राष्ट्रपति इमानुएल म्याक्रोंको कार्यकालमा परम्परागत राजनीतिक दल कमजोर बन्दै जाँदा अतिदक्षिणपन्थी र कट्टर वामपन्थी दलहरूको प्रभाव बढेको छ। उनीहरूको टकरावमुखी राजनीतिले फ्रान्सेली समाजमा विभाजन थप गहिरो बनाएको विश्लेषण गरिएको छ।
संसद्मा बहुमतको अभाव, बढ्दो सार्वजनिक ऋण र सरकारप्रतिको असन्तुष्टिले राजनीतिक सङ्कट थप जटिल बनेको छ। सन् २०२७ को राष्ट्रपतीय निर्वाचनअघि बढ्दो अस्थिरताले फ्रान्सको राजनीतिक भविष्यमा थप अनिश्चितता सिर्जना गरेको छ।




प्रतिक्रिया