ADVERTISEMENT

तिब्बतमा शक्तिशाली भूकम्प, १६ जनाको मृत्यु र ३२ घाइते

काठमाडौँ । तिब्बतको दुर्गम क्षेत्रमा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन्।

 

चीनको सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार बिहीबार राति गएको भूकम्पपछि तिब्बतका विभिन्न क्षेत्रमा पटकपटक परकम्प महसुस गरिएको थियो।

 

राष्ट्रिय भूकम्प विज्ञान केन्द्रका अनुसार मुख्य भूकम्पपछि ५ देखि ४.३ म्याग्निच्युडसम्मका थप धक्का रेकर्ड भएका छन्। अक्टोबर २२ को रातिदेखि अक्टोबर २३ को राति १२ बजेर ५१ मिनेटसम्म तिब्बत, चीन र म्यानमारमा गरी १८ वटा भूकम्पीय घटना रेकर्ड गरिएको केन्द्रले जनाएको छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार