काठमाडौँ । दसैँको बाह्रौँ दिन शुक्रवार मान्यजनबाट टीका थाप्न जानेहरूको सङ्ख्या बढेसँगै काठमाडौँ उपत्यकामा चहलपहल बढेको छ। सडकमा सार्वजनिक सवारीसाधन, यात्रु तथा पैदलयात्रीको चाप पनि बढेको छ।
दसैँ मनाउन यस वर्ष घटस्थापनादेखि कात्तिक ३ गतेसम्म पाँच लाख ७६ हजार ५७८ जना उपत्यकाबाट बाहिरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
ट्राफिक प्रहरीका अनुसार उक्त अवधिमा ७९ हजार ६७६ वटा सवारीसाधनमार्फत यात्रुहरू उपत्यकाबाहिरिएका थिए।
सम्बन्धित खबर




प्रतिक्रिया