ADVERTISEMENT

कार्तिक ६ गते शुक्रबार ,यस्तो छ तपाईंको राशिफल

मेष : पैसा, वस्तु वा सेवा प्राप्त हुन सक्छ । मध्याह्नपछि भने चोटपटक, अस्वस्थताको सम्भावना छ ।

 

वृष : दिन शुभकारक भएकाले कार्य सफलता, उपहारादि वस्तु प्राप्ति, धन लाभ हुन सक्छ ।

 

मिथुन : तपाईंका लागि दिन अनुकूल छ । राज्यबाट लाभ, यश वृद्धि, कार्य सिद्धि, सुख–सन्तोष होला ।

 

कर्कट : मध्याह्नसम्म अस्वस्थता हुन सक्छ । त्यसपछि भने राज्यबाट लाभ, सम्मानको सम्भावना छ ।

 

सिंह : दिउँसोसम्म लाभ हुने देखिन्छ । त्यसपछि भने कार्यमा बाधा, अस्वस्थताको सम्भावना छ ।

 

कन्या : समय उत्तम छ । आर्थिक लाभ, विजय, जीवनसाथीसँग आत्मीयता वृद्धि हुने देखिन्छ ।

 

तुला : समय शुभ भएकाले कार्य सिद्धि, धन प्राप्ति, सन्तोष, समस्या समाधान हुने देखिन्छ ।

 

वृश्चिक : दिउँसोसम्म समस्या आइलाग्न सक्छ । त्यसपछि भने कार्य सिद्धि, सन्तान–सुख होला ।

 

धनु : मध्याह्नसम्म लाभ, प्रसन्न हुने देखिन्छ । त्यसपछि दौडधूप, विवाद, पेट गडबड हुन सक्छ ।

 

मकर : समय उत्तम फलदायक छ । धन लाभ, सन्तुष्टि, आर्थिक लाभ, पराक्रम, सम्मान हुन सक्छ ।

 

कुम्भ: समय शुभ भएकाले मिष्ठान्न भोजन, कार्य सफल, सुख–सन्तोष, धन लाभ हुने देखिन्छ ।

 

मीन : दिउँसोसम्म हानि, अस्वस्थता हुन सक्छ । त्यसपछि भने सफलता, उपहारादि वस्तु प्राप्ति होला ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार