काठमाडौँ । देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहँदा आज हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार कर्णालीका हिमाली तथा कोशी, बागमती र गण्डकीका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ।
तराईमा मौसम मुख्यतया सफा रहने भए पनि बिहान केही स्थानमा हुस्सु र कुहिरो लाग्नेछ।
सम्बन्धित खबर




प्रतिक्रिया