ADVERTISEMENT

पोखराको फार्मेसीबाट ७ हजारभन्दा बढी लागुऔषधका चक्की बरामद,एक सन्चालिका प्रकाउ

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२६ कालिकाचोकस्थित जलधारे औषधि पसलबाट प्रहरीले ७ हजार १६० चक्की लागुऔषध बरामद गरेको छ।

लागुऔषध कारोबार भइरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको टोलीले पसलमा जाँच गर्दा चार प्रकारका लागुऔषध फेला पारेको हो।

 

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पसल सञ्चालक २९ वर्षीया अमिसा ढुङ्गानाको साथबाट कोडिप–पी (कोडिन) ६ हजार ४००, प्रेगाबालिन ४५०, लोराजेपाम १५० र क्लोर्डियाजेपोक्साइड १६० चक्की बरामद गरिएको छ।

 

पक्राउ परेकी ढुङ्गानामाथि लागुऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार