लोकसेवा टिप्स :वस्तुगत सामग्री


काठमाडौं

  • नेपाली नोटमा पहिलो हस्ताक्षर कसको रहेको छ ? – खजान्ची जनकराज पण्डित
  • नोटमा हस्ताक्षर गर्ने अवसर पाउने कामु गभर्नर :- कृष्णबहादुर मानन्धर
  • २०२६ सालमा पहिलो पटक एक हजार रुपैयाँको नोट निष्कासन भएको
  • २०२८ सालमा पाँच सय रुपैयाँको नोट निष्कासन भएको
  • हजार र पाँच सयको नोटमा पहिलो हस्ताक्षर गर्ने गर्भनर यादवप्रसाद पन्त रहेको
  • ५० रुपैयाँको नोटमा पहिलो हस्ताक्षर गर्ने गर्भनर कुलशेखर शर्मा रहेको
  • दुई रुपैयाँको नोटमा पहिलो हस्ताक्षर गर्ने गभर्नर कल्याणविक्रम अधिकारी रहेको
  • २५० र २५ रुपैयाँ दरको नोटमा पहिलो हस्ताक्षर गर्ने गभर्नर सत्यन्द्रप्यारा श्रेष्ठ रहेको
  • २०६३ असोज ६ मा नेपाल सरकार लेखिएको पहिलो पाँच रुपैयाँको नोट निष्कासन भएको
  • नेपाल सरकार लेखिएको नोटमा पहिलो हस्ताक्षर तत्कालीन गभर्नर विजयनाथ भट्टराईले गरेको
  • २०५२ सालमा नेपालमा दुई सय ५० को नोट निष्कासन भएको
  • २०३४ सालमा ५० रुपैयाँको नोट निष्काशन भएको
  • २०३८ सालबाट दुई रुपैयाँको नोट निष्काशन भएको
  • नेपाली नोटमा गभर्नरका रुपमा भने पहिलो हस्ताक्षरकर्ता हिमालय शमशेर राणा रहेको
  • २०१३ साल वैशाष १४ गते नेपाल राष्ट्र बैंकको स्थापना भएको
  • नेपाल राष्ट्र बैंकको स्थापना हुनु अगाडी सदर मुलुकी खानाबाट नेपाली नोट निष्काशन गरिएको
  • इन्ड्राइभ आइसिटी अवार्ड २०२४ उपाधि विजेता को हुन् ? – सुरेशराज शर्मा
  • रम विद्रोह भन्नाले के बुझिन्छ ? – अस्ट्रेलिया सरकारविरुद्ध भएको एक मात्र सफल तथा छोटो सैन्य विद्रोह
  • प्रथम खो खो विश्वकपको महिलातर्फको फाइनलमा नेपाल कुन देशसँग पराजित भएको हो ? – भारत
  • मानापाथी हिमाल कुन जिल्लामा पर्दछ ? – मुस्ताङ
  • ह्वाइट हाउसमा बस्ने पहिलो अमेरिकी राष्ट्रपति को हुन् ? – जोन एडम्स
  • ह्वाइट हाउसमा बस्ने मौका नपाउने एकमात्र राष्ट्रपति :- जर्ज वाशिङ्टन
  • २०औं संविधान संशोधनमार्फत नयाँ राष्ट्रपतिको कार्यकाल सुरु हुने मिति २० जनवरी तोकिएको
  • संयुक्त राष्ट्र संघले कुन वर्षलाई अन्तर्राष्ट्रिय हिमनदी संरक्षण वर्षको रुपमा मनाउने भएको छ ? – सन् २०२५
  • नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडको स्थापना कहिले भएको हो ? – १९९४ साल कार्तिक ३० गते
  • बैंकमा १० जना लगानीकर्ता रहेको
  • ८ लाख ४२ हजार चुक्ता पुजी रहेको
  • जारी पुजी २५ लाख रहेको
  • राजा त्रिभुवनले उदघाटन गरेको
  • ६० प्रतिशत सरकारी र ४० प्रतिशत निजी लगानी रहेको
  • बैंकको निक्षेप १७ लाख रहेको

२०८१ फाल्गुन १०, शनिबार २२:४६ प्रकाशित
ट्रेन्डिङ समाचार