काठमाडौँ । भारतका लागि नवनियुक्त नेपाली राजदूत डा. निश्चलनाथ पाण्डे प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणको तयारीका लागि आज नयाँ दिल्ली जाँदैछन्।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार पाण्डे आजै दिल्ली पुगेर आफ्नो जिम्मेवारी सम्हाल्ने तयारीमा छन्। प्रधानमन्त्री शाह मङ्सिर ६ गते भारत भ्रमणमा जाने तयारीमा रहेका छन्।
भ्रमणको एजेन्डालाई अन्तिम रूप दिन नेपाल र भारत दुवै पक्षले आवश्यक तयारी गरिरहेका छन्। पाण्डे सोमबार मात्रै राष्ट्रपतिबाट भारतका लागि नेपाली राजदूत नियुक्त भएका थिए।
सम्बन्धित खबर





प्रतिक्रिया