ADVERTISEMENT

पश्चिमी वायुको प्रभाव, हिमाली क्षेत्रमा वर्षा र हिमपातको पूर्वानुमान

काठमाडौँ । पश्चिमी वायुको आंशिक प्रभावका कारण देशका केही हिमाली तथा पहाडी क्षेत्रमा बदली भएको छ। तराईका केही स्थानमा तुवाँलो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ। कोशी र गण्डकी प्रदेशका केही हिमाली तथा पहाडी स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

त्यस्तै, आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ। विशेषगरी कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ। बाँकी क्षेत्रमा भने मौसम मुख्यतया सफा रहनेछ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार