ADVERTISEMENT

काठमाडौंको रोमाञ्चक जित, चितवन १० रनले पराजित, काठमाडौं शीर्ष स्थानमा उक्लियो

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौं गोर्खाजले चितवन राइनोजलाई १० रनले पराजित गरेको छ । सोमबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा जित निकाल्दै काठमाडौं अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

काठमाडौंले दिएको १८१ रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७० रन मात्रै बनाउन सक्यो । चितवनले लक्ष्य पूरा गर्न नसक्दा काठमाडौंले रोमाञ्चक जित हात पारेको हो ।

चितवनका लागि रवि बोपाराले सर्वाधिक ५५ रन बनाए । उनले ३५ बलमा २ चौका र ३ छक्का प्रहार गरे । कामिल मिश्राले २८, डान माउज्लीले २९ तथा अर्जुन साउदले २३ रनको योगदान दिए ।

काठमाडौंका सहान आराचिगेले २ विकेट लिए । सन्तोष यादव, गणेश गौतम, जहान्दाद खान र करण केसीले १–१ विकेट हात पारे ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १८० रन बनाएको थियो । काठमाडौंका लागि राशिद खानले अर्धशतक प्रहार गर्दै सर्वाधिक ५२ रन बनाए । सहान आराचिगेले ३३ रनको योगदान दिएका थिए ।

१८० रनको योगफल रक्षा गर्दै काठमाडौंले चितवनमाथि १० रनको जित निकालेको हो । यस जितसँगै काठमाडौं एनपीएलको अंक तालिकामा शीर्ष स्थानमा पुगेको छ ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार