ADVERTISEMENT

एकैदिन सुन तोलामा १३ हजार ३ सय रुपैयाँले बढ्यो

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्यमा उच्च वृद्धि भएको छ। बिहीबार सुनको मूल्य प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेर २ लाख ८८ हजार ९ सय रुपैयाँ पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन सुन प्रतितोला २ लाख ७५ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला २६५ रुपैयाँले बढेको छ। अघिल्लो दिन ३ हजार ६५५ रुपैयाँ रहेको चाँदीको मूल्य बिहीबार बढेर ३ हजार ९२० रुपैयाँ पुगेको महासंघले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य उच्च दरले बढेसँगै त्यसको प्रभाव नेपाली बजारमा पनि परेको हो।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार