ADVERTISEMENT

माधव नेपाललाई भ्रष्टाचार मुद्दामा वारेस राख्न अनुमति

काठमाडौं । विशेष अदालतले पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका नेता माधवकुमार नेपाललाई भ्रष्टाचार मुद्दामा वारेस राख्न अनुमति दिएको छ।

विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य तथा सदस्यहरू डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले नेपालको निवेदनमाथि सुनुवाइ गर्दै वारेस राख्ने अनुमति दिएको हो।

नेपालमाथि पतञ्जली योगपीठलाई हदबन्दीभन्दा बढीको जग्गा सट्टापट्टा गर्न अनुमति दिँदा भ्रष्टाचार गरेको आरोप लागेको छ। उक्त मुद्दा डेढ वर्षदेखि विशेष अदालतमा विचाराधीन छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार