ADVERTISEMENT

नेपाल–भारत १०औं सीमा सुरक्षा समन्वय बैठक सम्पन्न

काठमाडौं । सीमा सुरक्षा, प्रविधिमैत्री व्यवस्थापन र द्विपक्षीय सहकार्य सुदृढ बनाउने प्रतिबद्धतासहित नेपाल–भारत १०औं समन्वय बैठक काठमाडौंमा सम्पन्न भएको छ।

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेल र भारतीय सशस्त्र सीमा बल (एसएसबी) का महानिर्देशक संजय सिंघलको नेतृत्वमा सम्पन्न बैठकले सीमापार अपराध, अवैध तस्करी, मानव बेचबिखन तथा लागूऔषध नियन्त्रणका लागि सूचना आदानप्रदान र संयुक्त गस्तीलाई प्रभावकारी बनाउने निर्णय गरेको छ।

बैठकमा दशगजा क्षेत्रको अतिक्रमण नियन्त्रण, सीमा स्तम्भको मर्मत तथा पुनर्निर्माण र तेस्रो मुलुकका नागरिकको अवैध प्रवेश रोक्न सीमा नाकामा निगरानी तथा जाँच कडा बनाउने सहमति भएको छ।

त्यस्तै, आधुनिक प्रविधिमा आधारित स्मार्ट सीमा व्यवस्थापनका लागि सीसीटीभी, लगेज स्क्यानर, मेटल डिटेक्टर तथा ड्रोनको प्रयोग बढाउने विषयमा छलफल भएको छ।

दुवै देशबीच विपद् व्यवस्थापन, विशेष तालिम, संयुक्त अभ्यास र संस्थागत सहकार्य विस्तार गर्ने सहमति पनि भएको छ। सन् २०१२ देखि पालैपालो आयोजना हुँदै आएको बैठकको ११औं संस्करण आगामी वर्ष भारतमा आयोजना गरिनेछ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार