ADVERTISEMENT

सचिव बढुवामा सरकारको गति : चक्रबहादुर बुढासहित तीन उच्च अधिकारी बढुवा

प्रशासनतर्फ बुढा, इञ्जिनियरिङतर्फ सिंह सचिव; भण्डारी उपमहालेखापरीक्षकमा बढुवा

काठमाडौं । सरकारले रिक्त रहेका उच्च प्रशासनिक पदमा बढुवा प्रक्रिया तीव्र बनाउँदै नेपाल प्रशासन सेवातर्फ वरिष्ठ सहसचिव चक्रबहादुर बुढालाई सचिवमा बढुवा गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले बुढा लगायत अन्य तीन अधिकारीको बढुवा गरेको हो ।

लोकसेवा आयोगका अध्यक्षको अध्यक्षतामा रहेको सचिव बढुवा सिफारिस समितिको सिफारिसका आधारमा सरकारले बुढालाई सचिवमा बढुवा गरेको हो। समितिले निजामती सेवा ऐनमा रहेको २० प्रतिशत ज्येष्ठता तथा कार्यसम्पादनका आधारमा स्वतः बढुवा हुने व्यवस्थाअनुसार बुढाको नाम सचिवमा बढुवाका लागि सिफारिस गरेको थियो।

सरकारले पछिल्ला दिनमा सचिव पद रिक्त हुनासाथ पदपूर्ति प्रक्रिया अघि बढाउने नीति लिएसँगै सचिव बढुवाको प्रक्रिया पनि तुलनात्मक रूपमा तीव्र बन्दै गएको छ।

यसैगरी सरकारले इञ्जिनियरिङ सेवातर्फ नवीनराज सिंहलाई सचिवमा बढुवा गरेको छ।त्यस्तै, चन्द्रकान्त भण्डारीलाई उपमहालेखापरीक्षकमा बढुवा गरिएको छ।

 

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार