ADVERTISEMENT

बुढा राष्ट्रिय सतर्कता केन्द्रमा, बराल राष्ट्रिय योजना आयोगमा

काठमाडौं । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सचिवमा बढुवा गरेका चक्रबहादुर बुढालाई राष्ट्रिय सतर्कता केन्द्रको सचिवमा पदस्थापन गरेको छ ।

यसैगरी राष्ट्रिय सतर्कता केन्द्रका सचिव भूपाल बराललाई राष्ट्रिय योजना आयोगको सचिवमा सरुवा गरिएको छ ।

राष्ट्रिय योजना आयोगका सचिव रविलाल पन्थ सेवानिवृत्त भएपछि आयोगको सचिव पद केही दिनदेखि रिक्त थियो । उक्त रिक्त पदमा बराललाई सरुवा गरिएको हो ।

बुढा मंगलबार नै नेपाल प्रशासन सेवातर्फ रिक्त सचिव पदमा बढुवा भएका थिए । बढुवा लगत्तै उनलाई राष्ट्रिय सतर्कता केन्द्रको सचिवको जिम्मेवारी दिइएको हो ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार