विराटनगर । राजनीतिक विश्लेषक भरत दाहाल मोरङको बेलबारीबाट पक्राउ परेका छन्। मोरङका प्रहरी उपरीक्षक कवित कटुवालका अनुसार दाहाललाई आइतबार बिहान बेलबारीबाट पक्राउ गरिएको हो।
दाहालविरुद्ध मोरङमा कुनै उजुरी नरहेको प्रहरीले जनाएको छ। साइबर ब्युरोमा परेको उजुरीका आधारमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर उनलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक कटुवालले बताए।
दाहाल पछिल्लो समय बालेन शाह नेतृत्वको सरकारविरुद्ध सार्वजनिक रूपमा अभिव्यक्ति दिँदै आएका थिए। उनलाई आइतबार नै काठमाडौं पठाउने तयारी रहेको प्रहरीले जनाएको छ।
दाहाल बेलबारीमा एक कार्यक्रममा सहभागी हुन पुगेका थिए। यद्यपि, उक्त कार्यक्रमबारे प्रहरीलाई कुनै जानकारी नभएको प्रहरीको भनाइ छ।
सम्बन्धित खबर

प्रतिक्रिया