काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनले नेकपा एमालेसँग तत्काल पार्टी एकता हुने चर्चा निराधार रहेको बताएका छन्। यद्यपि, भविष्यमा एकता गर्ने विषयमा नेतृत्व तहमा प्रारम्भिक छलफल भइरहेको उनले जानकारी दिए।
शनिबार काभ्रेको बनेपामा आयोजित कार्यक्रममा बोल्दै पुनले एमालेभित्रको आन्तरिक बहस टुंगिनुअघि पार्टी एकता सम्भव नरहेको बताए। उनले संविधान र लोकतन्त्रको रक्षा तथा वैदेशिक हस्तक्षेपको प्रतिवादका लागि वाम शक्तिहरूबीच सहकार्य आवश्यक रहेको उल्लेख गरे।
पुनले सरकारको कार्यशैली, राजदूत नियुक्ति र रसुवा विपद् व्यवस्थापनप्रति पनि असन्तुष्टि जनाए। नेताहरूले आफ्ना कमजोरी स्वीकार गर्दै जनविश्वास पुनः हासिल गर्नुपर्नेमा उनले जोड दिए।
सम्बन्धित खबर

प्रतिक्रिया