काठमाडौँ । २०औँ एसियाली खेलकुद प्रतियोगिता आजदेखि जापानको आइची–नागोयामा सुरु हुँदैछ। प्रतियोगिताको उद्घाटन समारोह आज साँझ नागोया सिटी मिजुहोपार्क एथलेटिक खेल मैदानमा हुनेछ।
नेपालले २१ खेलमा १३५ खेलाडी सहभागी गराउँदैछ। नेपाली टोलीमा ५७ महिला र ७८ पुरुष खेलाडी रहेका छन्। कबड्डीमा सर्वाधिक २४, क्रिकेटमा १५, भलिबलमा १२ तथा उसुमा १० खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।
उद्घाटन समारोहमा बक्सिङका चन्द्रबहादुर थापामगर र कबड्डीकी मानमती विष्टले नेपालको झण्डा बोक्नेछन्। नेपालले यसपटक स्वर्णसहित दोहोरो अङ्कमा पदक जित्ने लक्ष्य राखेको छ। प्रतियोगितामा ४३ खेल समावेश छन् र अक्टोबर ४ सम्म सञ्चालन हुनेछ।
सम्बन्धित खबर

प्रतिक्रिया