नेपालमा लगानी बढाउन भारतीय उद्योगीलाई अर्थमन्त्री वाग्लेको आग्रह


नयाँदिल्ली ।  अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतीय उद्योगी–व्यवसायीलाई नेपालमा नयाँ लगानी गर्न र लगानी विस्तार गर्न आग्रह गर्नुहुने भएको छ।

शनिबार नयाँदिल्लीस्थित भारतीय उद्योग परिसङ्घ (सीआईआई) मुख्यालयमा हुने ‘राउन्ड टेबल’ छलफललाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले नेपालमा लगानीको वातावरण, कानुनी स्थिरता, लगानी सुरक्षा तथा प्रतिफल सुनिश्चितताबारे सरकारको धारणा राख्नुहुनेछ।

सीआईआईकी अध्यक्ष डा. सुचित्रा के. इलाको अध्यक्षतामा हुने छलफलमा आईटीसी इन्डियाका अध्यक्ष तथा सीआईआईका पूर्वअध्यक्ष सञ्जीव पुरीसहित करिब दुई दर्जन भारतीय उद्योगपति सहभागी हुने जनाइएको छ।

प्रतिक्रिया

ट्रेन्डिङ समाचार