आज संविधान दिवस, देशभर कार्यक्रम


काठमाडौं । नेपालको संविधान जारी भएको दिनको स्मरणमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइँदैछ। २०७२ असोज ३ गते संविधान सभाबाट नेपालको संविधान जारी भएको थियो।

संविधान दिवसका अवसरमा काठमाडौंमा विशेष समारोह आयोजना हुँदैछ। समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीसहित राज्यका उच्च पदस्थ अधिकारीको सहभागिता रहनेछ।

दिवसका अवसरमा प्रदेश तथा स्थानीय सरकार, राजनीतिक दल, विभिन्न संघसंस्था र नागरिकस्तरबाट पनि विविध कार्यक्रम आयोजना गरिँदैछन्। नेताहरूले संविधान दिवसको अवसरमा शुभकामना सन्देशसमेत जारी गरेका छन्।

प्रतिक्रिया

ट्रेन्डिङ समाचार