काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री उदय शम्सेर राणाले १५औँ महाधिवेशनको आन्तरिक प्रतिस्पर्धालाई स्वस्थ र लोकतान्त्रिक ढंगले अघि बढाउन आग्रह गरेका छन्।
संविधान दिवसका अवसरमा भिडियो सन्देश जारी गर्दै राणाले उम्मेदवारहरूलाई आफ्ना विचार र योजना प्रस्तुत गरी पार्टीका साथीहरूको विश्वास जित्न आग्रह गरे। उनले प्रतिस्पर्धामा जसले जिते पनि अन्ततः जित नेपाली कांग्रेसकै हुनुपर्ने बताए।
शनिबारदेखि सुरु भएको वडा अधिवेशनसहित १५औँ महाधिवेशन पार्टीको आन्तरिक विषय मात्र नभई आमनागरिकको आशासँग समेत जोडिएको राणाको भनाइ छ। उनले सबल कांग्रेस, सुदृढ लोकतन्त्र र समुन्नत नेपाललाई साझा लक्ष्य बनाएर संयम र सहकार्यका साथ महाधिवेशन सम्पन्न गर्न आग्रह गरे।
सम्बन्धित खबर

प्रतिक्रिया