तीन प्रदेशमा भारी वर्षाको सम्भावना


काठमाडौँ । देशभर मनसुनी र पश्चिमी वायुको आंशिक प्रभावका कारण आज मौसम बदली रहनेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

देशका अधिकांश पहाडी तथा हिमाली भूभागमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ। तराईका केही स्थानमा समेत चट्याङसहित मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।

राति पनि कोशी, बागमती, गण्डकी, कर्णालीलगायत प्रदेशका पहाडी तथा हिमाली भूभागमा वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया

ट्रेन्डिङ समाचार