सरकारद्वारा १३ देशका लागि राजदूत सिफारिस(सूचीसहित)


काठमाडौं । सरकारले १३ वटा देशका लागि राजदूत नियुक्त गर्न विभिन्न व्यक्तिहरूको नाम सिफारिस गरेको छ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न क्षेत्रको विज्ञता, अध्ययन–अनुसन्धान, नेतृत्व तथा अनुभव भएका व्यक्तिहरूलाई राजदूतका लागि सिफारिस गरेको हो।

सरकारले अब प्रस्तावित राजदूतहरूको नाम संसदीय सुनुवाइका लागि पठाउनेछ। संसदीय सुनुवाइ सम्पन्न भएपछि सम्बन्धित मुलुकबाट अग्रिमो (स्वीकृति) माग गरिनेछ।

सम्बन्धित देशबाट अग्रिमो प्राप्त भएपछि राष्ट्रपतिले प्रस्तावित व्यक्तिहरूलाई औपचारिक रूपमा राजदूत नियुक्त गर्नेछन्।

यी हुन् प्रस्तावित राजदूतहरू

१. डा. निश्चलनाथ पाण्डे — भारतका लागि प्रस्तावित राजदूत

२. डा. कल्याणराज शर्मा — चीनका लागि प्रस्तावित राजदूत

३. चिरनजंग थापा –संयुक्त राज्य अमेरिकाका लागि प्रस्तावित राजदूत

४. पूर्वप्रधानसेनापति गौरव शम्शेर जंगबहादुर राणा — संयुक्त अधिराज्य (यूके) का लागि प्रस्तावित राजदूत

५. जिग्यान कुमार थापा – जापानका लागि प्रस्तावित राजदूत

६. सुरेशकुमार कर्ण – इजरायलका लागि प्रस्तावित राजदूत

७. प्राप्ति शेरचन – स्पेनका लागि प्रस्तावित राजदूत

८. शरू जोशी — जर्मनीका लागि प्रस्तावित राजदूत

९. डा. पद्माक्षी राणा — ओमानका लागि प्रस्तावित राजदूत

१०. चूडामणि खरेल — मलेसियाका लागि प्रस्तावित राजदूत

११. प्रा. डा. सङ्गम श्रेष्ठ — दक्षिण कोरियाका लागि प्रस्तावित राजदूत

१२. डा. मंचला झा — श्रीलंकाका लागि प्रस्तावित राजदूत

१३. गिरीबहादुर सुनार — साउदी अरेबियाका लागि प्रस्तावित राजदूत

प्रतिक्रिया

ट्रेन्डिङ समाचार